No टिकेट No भोटिंग शुरु भयो “NEPAL’S A ONE STAR”

633

पोखराबाट एउटा रियालिटि शो “NEPAL’S A ONE STAR” (The biggest dancing and singing TV reality show) को स्थापना भैरहेको छ । ७७ वटा जिल्लाहरुलाई पायक पर्ने गरि देशको २१ जिल्लामा अडिसन गरिएको यो कार्यक्रममा गायन र नृत्य दुबै बिधालाई समेटिएको छ । करिब ६ करोडको लगानीमा आयोजना गरिएको यो कार्यक्रममा ९ हजार प्रतिस्पर्धीहरुको सहभागिताबाट छानिएर हाल टप १०० को लागि भिड्नको लागि ७०० जना प्रतिस्पर्धीहरु उत्साहित भएर विजेता बन्ने लक्ष्यका साथ संघर्ष गरीरहेका छन् । असोज १९, २० र २८ गरि तीन चरणमा मेगा थिएटर राउन्ड संचालन गरिने भएको छ । Nepal’s A one star मा विशेष गरी कलालाई प्राथमिकता दिइनेछ । यसमा कुनै टिकट अथवा पेपर भोटिङ सिस्टम नभएको हुँदा यस कार्यक्रमलाई टिकट भोटिङ कार्यक्रम गर्नेहरू बिरुद्धको कार्यक्रम भन्न सकिन्छ ।
five Monkeys Entertainment Pvt Ltd द्वारा आयोजनामा हुने Nepal’s A one star को अडिसन राउन्डहरुबाट चयन भएका ७०० जनालाई आयोजककै मातहतमा यहीं असोज १५ गते देखि होस्टेलमा राखी वर्कशप कक्षाहरु तथा ग्रुमिङ गराउने भएको छ । टप १०० बाट टप ५०, टप ५० बाट टप २५ र टप २५ बाट टप १८ गरि टप १८ बाट उत्कृष्ट १२ चयन गरि त्यसपश्चात एक एक जना गरी एलिमेशन गर्दै लैजाने योजना रहेको छ भने ग्राण्ड फिनाली चितवनको नारायनी तटमा खुल्ला रुपमा गरिने योजना रहेको छ ।

पुरस्कारलाइ भन्दा पनि अवसरलाइ प्राथमिकता दिने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा गायन र नृत्य दुबै तर्फको विजेताले नगद २,२ लाख, १,१ वटा स्कुटर, प्राप्त गर्नेछन । यसका साथै दुबै विधा विजेतलाइ १० लाख बराबरको म्युजिकल कन्ट्रयाक र ७ वटा जिल्लामा कन्सर्ट पनि गराइने आयोजकले जनाएको छ । यस्तै दुबै विधामा द्वितिय हुनेले नगद १,१ लाख नगद र तृतिय हुनेहरुले ५०,५० हजार नगद सहित अन्य गिफ्ट ह्याम्फर पनि प्राप्त गर्नेछन् । यतिमात्रै नभएर गायन तर्फका विजेताहरुले १ बर्ष निशुल्क संगित कक्षा तथा नृत्य तर्फका विजेताहरुलाइ १ बर्ष निशुल्क नृत्य कक्षा समेत प्रशिक्षण गराइने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस