बीरगंज १७ असोज ।
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीओपी विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब भएका छन । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त रहेका छन् । हराएपछि बनाउने भनिएका ४ सय ३७ वटा सीमास्तम्भको काम भएको छैन भने ४ सय ९६ वटा निरीक्षण गरिएको छैन । बर्षायाममा बाढीले पर्सा, मोरङ र कपिलवस्तुमा ९ वटा सीमास्तम्भ बगाएको गृहमन्त्रालयले जनाएको छ । नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर र चीनसँग भने १ हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ । भारततर्फ विभिन्न कारणवश सीमास्तम्भ हराए पनि त्यसका प्वाइन्टहरूबारे विभाग जानकार रहेको नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताउनु भयो । गृह मन्त्रालयका अनुसार सीमा सुरक्षा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको बीओपी युनिट हाल ८७ स्थानमा विस्तार गरी १ सय ७ स्थानमा पु¥याइएको छ । ‘सशस्त्र प्रहरी बल नेपालले सीमामा निगरानी बढाउन प्यान–टिल्ट–जुम क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको छ तर पनि सिमा स्तम्भ गायब हुने क्रम नरोकिनु दुःखद विषय भएको प्रभावित सिमा क्षेत्रका बासिन्दाहरु बताउछन । विगत दुई बर्ष अगाडी वीरगंजको छपकैयामा भएको सिमा विवादलाई लिएर झण्डै एक महिना तनाव भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times