बीरगंज २४ माघ ।
वारा, पर्साका अधिकांश नगरपालिका, गाउँपालिकाहरुले सार्वजनिक खरिद ऐन मिचेर लाखौंका सामग्री खरिद गरेका छन । ऐनअनुसार सार्वजनिक निकायले २० लाख रुपैयाँभन्दा बढीको निर्माण कार्य, वस्तु वा सेवा खरिद गर्दा खुला बोलपत्र आह्वान गर्नु पर्ने व्यवस्था रहेको छ । तर बारा, पर्साका नगरपालिका, गाउँपालिकाहरूले त्यसलाई अवज्ञा गरी सवारीसाधन, कार्यालय प्रयोजनका सामग्री, औषधि र भेटेरिनरी सामग्री सोझै खरिद गर्ने गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०७६÷७७ को ६ महिना यता पर्साको वीरगंज महानगरपालिका सहित पर्सागढी, पोखरीया, बहुदरमाई नगरपालिका, वाराको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगायतका अधिकांश स्थानिय तहले सार्वजनिक खरिद नियमावलीविपरीत गतिविधि गर्दै आएको भेटिएको छ । महालेखापरीक्षकको प्रतिवेदनमा वारा, पर्साका स्थानिय तहले निर्माण सामग्री खरिदमा व्यापक अनियमितता गरेको जनाएको छ । स्थानिय तहहरुले सवारी साधनको खरिद देखि इन्धन खरिद सम्म करोडौको अनियमितता गरेको भेटिएको छ । राजनैतिक पहुचको आधारमा गाउँमा आफ्नो प्रभाव देखाउन डेढ करोडको गाडी किन्ने पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाको गाउँमा जान बाटोको अभाव समेत रहेको छ । विकासका पूर्वाधार निर्माणमा भन्दा जनप्रतिनिधिहरु व्यक्तिगत सुख सुविधामा केन्द्रित भएपछि उनिहरुको अहिले सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय