कार्तिक १३, बिरगंज / पर्सा निर्वाचन क्षेत्र न.का प्रतिनिधि सभा सदस्य माननीय प्रदीप यादव जनता को समस्या बुझ्न र विकास योजना बारे थप अनुगमन गर्न बिरगंज महानगरपालिका वडा न.२३ को सबैठवा ,पर्सौनी पुगेका थिए |
अपने के सांसद अपने क गाउँ अभियान अन्तरगत आफ्नो क्षेत्र को जनता संग भेट-घाट गर्न र स्थानीय समस्या, गुनासो बुझ्न र जनभावना अनुसार समस्याको समाधान गर्न साथै हरेक जनताको प्रत्यक्ष सरोकार रहने र लाभ हुने विकास को कार्य योजना बनाउन आफु पुगेको सांसद यादव ले बताएका छन् |

जनता को समस्या बुझ्न पुगेका सांसद यादवलाई स्थानीयले मुख्यत बती, नाला , सडक,छठ घाट खानेपानी र सफाई बारे गुनासो गरेका थिए साथै स्थानीय युवाहरुले खेलकुद को विकास र क्लब को निर्माण बारे आफ्नो धारणा राखेका थिए |
स्थानीयको समस्या र गुनासो सुन्दै सांसद यादव ले स्थानीय वडा कार्यालय र स्थानीय सरोकारवालाहरुको कार्ययोजना बेवस्थित र पार्दारसी नभएको कारणले पनि जानता बडी मार्कामा परेको बताए | सांसद यादवले सामान्य समस्याहरुलाई स्थानीय ले पनि समोधन गर्न नसक्नु ले झन् विकास गर्न जटिल भएको र आफ्नो थोरै बजेट भए पनि समस्या , जनआपेक्षा बडी रहेको र क्षेत्र पनि ठुलो भएको हुन्नाले सहकार्य गरेर सबै समस्या बुँदागत रुपमा समाधान गर्ने बताए |

गत आर्थिक वर्षमा पनि सो वडामा सांसद यादवले आफ्नो विकास बजेट बाट ५१ ओटा शौचालय निर्माण गरिएको र २५ घर धुरी लाई खानेपानी को व्यवस्थापन गरिएको बताए साथै यस वर्ष पनि यस वडा को विकास निर्माण मा कुनै कसर बाकी न राख्ने बताएका थिए साथै स्थानीय जनता ,नेता , कार्यकर्ता संग दिपावली र छठ को शुभकामना दिए थिए |
सो कार्यक्रममा प्रदेश सांसद जन्नत अन्सारी ,जनता समाजवादी पार्टी को नगर अध्यक्ष इश्वर यादव , युवा नेता कुन्दन सिंह ,अल्त्मस आलम ,जनता समाजवादी पार्टीका एकाई अधय्क्ष जमुना यादव स्थानीय नेता अफताब आलम, मुन्ना , कालिम अन्सारी लगायतको उपस्तिथी थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय