राजश्व छली भित्र्याईएको ५ लाख बराबरको कपडा बरामद

716

बीरगंज ३ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलीको माल सामान आज बिहान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको शर्टिङ शुर्टिङको कपडा, सुरुवाल समिजको लता कपडा लगायतका मालसामान वीरगंज महानगरपालिकाको छपकैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद भएको मालसामान ५ लाख रुपैयाँ मुल्य बराबरको रहेको र त्यसलाई आवश्यक कानुनी कारवाहीको लागी बीरगंज भन्सार चलान गरिने पर्सा प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस