भारतीय गाडी वीरगंजमा समातेको आक्रोशमा रक्सौलमा नेपाली नम्बर प्लेटका गाडी सुरक्षाकर्मीद्वारा नियन्त्रण

3251

बीरगंज २१ जेठ ।
भारतीय गाडी वीरगंजमा समातेर भन्सार चलान गरेको आक्रोशमा रक्सौलमा आज भारतीय सुरक्षाकर्मीले नेपाली नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको छ । नेपालमा निषेधाज्ञाको समयमा अवैध रुपमा भारतीय नम्बर प्लेटका गाडी संचालनमा आएको भन्दै वेवारिसे बनाएर नेपाल प्रहरीले भन्सार बुझाउने कार्यलाई तिव्रता दिएपछि यता भारतीय प्रहरीले पनि सिमा क्षेत्रमा पुगेका नेपाली नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गर्ने अभियान शुरु गरेको छ । सो क्रममा आज एक दर्जन भन्दा बढी नेपाली नम्बर प्लेटका सवारी साधन भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका नेपाली नम्बर प्लेटका सवारी साधनलाई चेतावनी स्वरुप पहिलो पटक ५ सय रुपैया भारु जरिवाना लिएर छाडेको पिडितहरुले बताएका छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
2
+1
12
+1
0
+1
0
+1
5
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस