वीरगञ्ज,३० जेठ । सरकारले बालुवा-गिट्टी निकासी खुकुलो गरिने जनाएपश्चात पर्सामा केही तस्कर समुहले पर्साको धोरे सिमा नाका नजिकै अवैध रुपमा बालुवा-गिट्टी भण्डारणलाई तिब्रता दिएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी धोरे नजिकै तस्कर समुहले भारत तर्फ तस्करी गर्न उदेश्यले ठुलो संख्यामा बालुवा र गिट्टीको भण्डारण गरिरहेको स्थानीयले बताएका छन ।

धोरे कै स्थानीय केही व्यक्तीहरुले भारत तर्फ बालुवा र गिट्टी तस्करी गर्न दैनिक ४ वटा ट्रिपर बाट बालुवा र गिट्टीको भण्डारण गरिरहेको हाम्रो स्रोतले जनायो ।

तस्करी उदेश्यले धोरे प्रहरी चौकी नजिक नै ठुलो संख्यामा बालुवा र गिट्टी भण्डारण हुदा प्रहरी किन मुकदर्शक बनेको स्थानीयले प्रहरीको नियत माथी शंका व्यक्त गरेका छन ।

बालुवा-गिट्टी तस्करी गर्न नेपाल तर्फ धोरेका केही व्यक्ती र भारत तर्फ भेलाईका केही व्यक्ती सक्रिय भएर दिन रात नाकामा ओहोर दोहोर गरिरहेको स्थानीयले बताएका छन ।

सरकारको निर्णय संगै नेपालको नदि नाला दोहन गरेर भारत तर्फ बालुवा-गिट्टीको तस्करी गर्ने समुह पुन सल्बलाएको यस घटनाले प्रस्ट हुन्छ ।

तस्र्थ अवैध रुपमा बालुवा-गिट्टीको तस्करी गर्ने समुहलाई निषतेज पार्न धोरे नाकामा भण्डारण गरिएको बालुवा र गिट्टी प्रशासनले तत्काल नियन्त्रणमा लिएर तस्कर समुहको मनोबल तोड्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय