लायन्स क्लबको रक्तदान कार्यक्रममा १३ महिला सहित ८७ जनाद्वारा रक्तदान

295

वीरगंज, साउन ९ ।
अल लायन्स क्लब अफ वीरगंज, जीतपुर सिमरा, अमलेखगञ्ज, गंजभवानीपुर र कलैया एरियाका लायन्स क्लबहरूको संयुक्त आयोजनामा आज वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंजको महावीर टिबडेवाल धर्मशाला परिसरमा आयोजित रक्तदान कार्यक्रममा लायन्स क्लबका को-चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, लायन रिंकु झा, लायन्स क्लब अफ वीरगंज एक्सीलेन्सका अध्यक्ष लायन राजीव झा, लायन सुनिल गुप्ता, ग्लोबल बिजनेस कलेजका निर्देशक श्रीराम दास, लायन रजनी तामाङ, लायन दिपिका श्रेष्ठ, लायन रूबी श्रेष्ठ लगायत ८७ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लबकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादवको संयोजकत्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा लायन्स क्लबका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, एरिया चिफ लायन बासु तिमिल्सिना, एरिया सेक्रेटरी लायन उमेश शर्मा, रिजन चेयरपपर्सन लायन विजया अोझैया, सशस्त्र प्रहरीका नायब उपरीक्षक निर्मल थापा, लायन्स क्लबका जोन चेयरपर्सन लायन रामेश्वर गुप्ता, लायन श्याम गुप्ता, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन उमेश साह कानु, लायन चन्द्रशेखर कुर्मी, लायन गुड्डी जोशी, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन किरण अग्रवाल, सेन्ट्रल सिटिकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल, समर्पणका अध्यक्ष लायन विक्रम आले, उर्जाका अध्यक्ष लायन सुकेश्वर घिमिरे, परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, आदर्शनगरका अध्यक्ष लायन शंकर मालु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी पर्साका तर्फबाट जितेन्द्र कुशवाहाको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस