पर्साको ईनर्वा गाउ“ र भन्सार एरियाबाट संस्थागत रुपमै तस्करी बढदै (भिडियो सहित)

777

बीरगंज ३१ साउन ।
पर्सामा मुख्य नाका र सहायक नाका बाटै संस्थागत रुपमै तस्करी बढदै गएको छ । पर्सा जिल्लाको एकमात्र खुला रक्सौल—वीरगञ्ज नाका र ईनर्वा गाउ“बाट पर्सा प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी मौलाउदै गएको स्थानिय बासीले आरोप लगाएका छन ।
वीरगंज महानगरको ईनर्वा गाउ“को नाकाबाट अहिले व्यापक मात्रामा कपडाको तस्करी भईरहेको पाईएको छ । महिला तथा पुरुष पोके तस्करहरुलाई प्रयोग गरी ठुला ठुला व्यापारी ट्रान्सपोर्टवालाहरुले लाखौको कपडा र हार्डवेयर भन्सार छली गरी शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा नेपाल तर्फ सहझरुपमा प्रवेश गरीरहेका छन ।
कोरोनाका कारण रक्सौल(वीरगञ्ज नाका सील गरिएको छ । दोस्रो कोरोनाकालमा जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिले अनिश्चितकालका लागि जारी नै रहेको छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पर्सा जिल्लाका अन्य नाकाहरू नामको लागी मात्र बन्द छन् भने मुख्य नाका रक्सौल(वीरगञ्ज मात्र खुला रहेको छ । यो नाका भएर विदेशी आउन निषेध छ भने नेपालीहरू आउ“दा अनिवार्य स्वास्थ्य परीक्षण र तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । तर यो कागजमा मात्रै सीमित रहेको छ । भारतले आफ्नो नाका खोलिसकेको अवस्थामा नेपालले भने सीमा सील राखेको र भारतबाट कामका लागि वीरगञ्ज आउने क्रम जारी रहेको छ । स्थानीय मानिसको आवतजावतका लागि खुकुलो पारिएको बीरगंज नाकाबाट अहिले खुलेयाम तस्करी भई रहेको छ । सर्वसाधारणको आवतजावतमा रोक लगाउने यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूले अहिले तस्करी नियन्त्रणमा कुनै चासो नराखेको सर्वसाधारणले बताएका छन् । वीरगंजको मुख्य नाकाबाटै अहिले खुलेयाम रुपमा भारतीय लत्ता कपडा, हार्डवेयर, मोटरपार्टस, स्टिलको भा“डाकु“डा, रंजनीगन्धा, पानपराग, दैनिक उपभोग्य समान, चिनी, तेल, विष्कुट लगायतका सामानहरुको व्यापक तस्करी भैरहेको छ । बारा र पर्साको ग्रामीण भेगबाट नेपाल प्रहरी र सशस्त्रकै मिलोमतोमा तस्करी बढ्दै गएपछि वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित भएको छ ।
What’s your Reaction?
+1
0
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस