नेपाली कांग्रेस र नेकपा एमालेका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश

पढ्न छुटाउनुभयो ?

spot_img

बिरगंज ८ कार्तिक । वीरगंज महानगरपालिका-११ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ईकाइ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ का अध्यक्ष दिलीप प्रधान को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एमालेका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी समाजिक अगुवा एवं कार्यकर्ताहरुलाई संघीय सांसद माननीय प्रदीप यादवले स्वागत तथा बधाई दिनुका साथै जमछा र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले भने, पर्साको निर्वाचन क्षेत्र नं-१ लगायत पर्सा जिल्लामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत सांसद यादवले दावी गरे ।

सांसद यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

सांसद यादवको प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रमका अध्यक्ष जसपा पार्टी वडा न. ११ का ईकाइ अध्यक्ष प्रशन महतो रहेका थिए ।

कार्यक्रम मा प्रदेश सांसद जन्नत अंसारी , जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, वीरगंज महानगरपालिका वडा न. १३ का अध्यक्ष तुफान अंसारी,पर्सागढी नपाका वडा न .५ का अध्यक्ष अस्लम आलम, पर्सा निर्वाचन क्षेत्र नं-१ का संसदीय प्रतिनिधि घन्शयाम गुप्ता , समाजवादी युवा संघ पर्साका अध्यक्ष गौरव वर्मा, समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाज़ बाबु रांकी लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

+ posts
- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराबाट २ सय ३० किलो गाजासहित एकजना पक्राउ

बारा ६ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो मात्रामा प्रतिबन्धित लागू औषध गाजा सहित एकजनालाइ पक्राउ गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img