एमालेको कालिकामाई गाउपालिका अधिवेशन सम्पन तिवारीको अध्यक्षतामा ५१ सदस्यि कमिटी चयन

380

बिरगंज ४ मङ्सिर ।
पर्साको कालिकामाई गाउपालिकामा नेकपा एमालेको अधिवेशन सम्पन भएको छ । अधिवेशनले अनुप तिवारीको अध्यक्षतामा ५१ सदस्यि गाउपालिका कमिटी सर्वसम्मत बाट चयन गरेको हो । शुक्रवार कालिकामाई गाउपालिका वडा नम्बर ५ बीरन्चीवर्वामा सम्पन अधिवेशनले उपाध्यक्षमा अनिल कुमार चौरसिया,सचिवमा बिजय साह गोढ,सहसचिवमा पन्नलाल चौरसिया, अवधेश कुशवाहालाई चयन गरेको छ । यसैगरि सदस्यमा पवन तिवारी,टंकराज शर्मा,उमेश तिवारी,महिन्द्र पटेल, चन्द्रमोहन तिवारी, वकिल मियां धोबी, जहिर मियां , रामअषिश चौरसिया , अमोद चौरसिया, लगायतका रहनु भएको छ ।
यसअघि नेकपा एमालेको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह ईन्चार्ज निर्मला देवकोटाले अधिवेशनको उदघाटन गर्नु भएको थियो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देवकोटाले जनताको विकाशको सपना एमालेको निती र आलीको नेतृत्वबाट नै सम्भव रहेको विगतको साढे तिन वर्षको सरकारको कामले प्रष्ट गरिसकेको छ । ओली प्रतीको आकर्षण बढदै गएकोले एमाले संग एक्लै प्रतिष्पद्धा गर्न सकने आट विपक्षी दलहरुमा नभएको एमालेका पर्सा अध्यक्ष प्रभु हजराले बताए । कार्यक्रममा एमाले क्षेत्र न.४ का नेता एवं संविधान सभा सदस्य जयप्रकाश थारु,संविधान सभा सदस्य प्रदुमन चौहान,राष्ट्रिय प्रतिनिधी परिष्द सदस्य अबिताभ बच्चन दास ,जिल्ला कमिटी सदस्य एवं वडा न्मबर ५ का अध्यक्ष पवन तिवारी,जिल्ला कमिटी सदस्य शुनिल चौरसिया,पृथ्वी साह कानु लगायतकाले मंन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी सम्पन अधिवेशनले कालिकामाई गाउपालिका वडा नम्बर १ मा टंकराज कुशवाहा (शर्मा जी)को अध्यक्षतामा २३ सदस्यि कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा मोहिचन साह कानु , सचिवमा गोरख राम , सहसचिवमा मथुरा साह, सहसचिवमा मुनी आलम , सदस्यमा मन्जु गिरी , पन्नालाल साह, मुक्ती कुशवाहा लगायतका रहनु भएको छ ।
कालिकामाई २ भेडिहारीको अध्यक्षमा चौरसिया
सम्पन अधिवेशनले कालिकामाई गाउपालिका वडा नम्बर २ मा मनमोहन चौरसियाको अध्यक्षतामा २५ सदस्यि कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा गौरींशंकर प्रसाद चौरसिया,पारस हजरा, सचिवमा तबरेज खां , सहसचिवमा राजकुमार चौरसिया, सदस्यहरुमा नागेन्द्र महततो,मखुलाल महतो , काशी प्रसाद चौरसिया, भागिरथी देवी कुशवाहा, रामदेव साह तेली लगायतका रहनु भएको छ ।
कालिकामाई ४ को एमाले अध्यक्षमा कलवार
कालिकामाई वडा नम्बर ४ प्रशुरामपुरको सम्पन अधिवेशनले जितेन्द्र साह कलवारको अध्यक्षतामा २५ सदस्यि कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा डोमा मुखिया बीन, सचिवमा आमोद प्रसाद चौरसिया, सहसचिव उमेश महतो कोईरी, सहसचिवमा नशी आलम ,सदस्यहरुमा मजेन्द्र प्रसाद कलवार,रामाधार चौरसिया, एकबाल मियां,रामबालक चौरसिया, समशुदिन मिया धोबी लगायतका रहनु भएको छ ।
कालिकामाई ५ को एमाले अध्यक्षमा तिवारी
कालिकामाई गाउपालिकाको वडा नम्बर ५ बीरन्ची वर्वामा नेकपा एमालेको वडा कमिटी सर्व सम्मतबाट चयन भएको छ । सम्पन अधिवेशनले शिवकुमार तिवारीको अध्यक्षतामा २५ सदस्यि कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा ललन पटेल,सचिवमा महन्थ प्रसाद रेवानी , सहसचिवमा रमेश साह कानु , सहसचिवमा चुमन प्रसाद कम्कर , सदस्यहरुमा भगेलु महतो, रमायण राम,झापस महतो केवट, बागड राउत कम्कर , सन्नी पटेल लगायतका रहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस