ग्लोबल बिजनेस कलेज विजयी

236

वीरगन्ज,।

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा ग्लोबल बिजनेस कलेज ८ विकेटले बिजयी भएको छ ।

इम्पेरियल कलेजलाई ८ विकेटले पराजित गर्दै ग्लोबल बिजनेस कलेजले खेलमा बाजी मारेको हो । टस जितेर ब्याटिंग गरेको इम्पेरियल कलेजले १९ ओभर ५ बलमा सबै बिकेट गुमाएर ७९ रन बनाएको थियो ।

इम्पेरियल कलेजका लागि अरुण पटेलले ३० र सुरज गुप्ताले ४ रन बनाएका थिए । ग्लोबलका सानु शर्मा, शेख इमरान र शोइब अख्तरले २/२ विकेट लिएका थिए ।

८० रनको सामान्य लक्ष्य पाएको ग्लोबल कलेजले ७ ओभर ४ बलमै २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । ग्लोबलका लागि शेख इमरानले ४६, अफ्ताब हवारीले ९ र सोनु शर्माले १६ रन जोडे ।

प्रतियोगितामा ग्लोबल कलेजका शेख इमरान म्यान अफ दी म्याच घोषित भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस