नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्टको उपाधि सत्यमलाई

234

वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट २०७८ को उपाधि सत्यम कलेजले हात पारेको छ । शनिबार भएको रोमान्चकारी फाइनल खेलमा सत्यम कलेजले आयोजक कलेज नेशनल इन्फोटेकलाई ७ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । सत्यमले टस जितेर पहिले इन्फोटेकलाई ब्याटिङको निम्तो दिएको थियो । इन्फोटेकका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाउन सफल भएका थिए । नेशनल इन्फोटेकका परवेश कुशवाहाले ६० बलमा सानदार ६९ रनको पारि खेलेका थिए । सरफराज अलि मन्सुरीले २५ रन र अमिर अन्सारीले १० रन बनाए । सत्यमका सलमान आलमले २ विकेट र निरज पटेल/अभय यादवले एक/एक विकेट लिएका थिए । फाइनल खेलमा १ सय २७ रनको लक्ष्य सत्यमका ब्याट्सम्यानले ४ बल बाकी हुँदै हासिल गरेका थिए । सत्यमका सलमान आलमले २२ रन, अरविन्द यादवले ३२ रन, सुमित कुँवरले २३ रन र हासिम हवारीले २६ रन बनाएका थिए । सुरुवाती विकेट गुमाएपछि सत्यमका खेलाडीले सुझबुझका साथ ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा विजयी हासिल गरेका थिए । इन्फोटेकका अबु बकरले ३ विकेट लिएका थिए ।
अलराउन्ड प्रदर्शन गरेका सत्यमका सलमान आलम म्यान अफ दि म्याच घोषित भएका थिए । नेशनल इन्फोटेकका सोनु कुशवाहा बेस्ट बलर, सत्यम कलेजका सलमान अलि बेस्ट ब्याट्सम्यान, इन्फोटेकका राहुल चौरसिया बेस्ट विकेट किपर घोषित भएका थिए । ग्लोबल कलेजका इमरान शेख म्यान अफ दिन सिरिज घोषित भएका थिए । विजयी टीमलाई क्रिकेटका पूर्व खेलाडी पवन अग्रवाल, नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारी लगायतले शिल्ड वितरण गरेका थिए । नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले खेलतर्फ रुची राख्ने विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको जनाए । अगामी वर्षमा अझ भव्यताका साथ अन्य कलेजहरुलाई समेत समावेश गरि प्रतियोगिता आयोजन गर्ने उनले दाबी गरे । नेशनल इन्फोटेक कलेजले आयोजन गरेको प्रतियोगितामा वीरगन्जका १० कलेजले प्रतिस्पर्धा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस