सांसद कुर्मीद्धारा असाहायलाई न्यानो कम्बल बितरण

62

वीरगंज २८ पुस ।
तराईमा चलीरहेको सितलहर र चिसोले गर्दा कोहि दिन दुखी, असाहाय,गरिब लाई मृत्युको मुख हेर्न नपरोस् भन्ने उदेश्यका साथ प्रदेश सभा सदस्य माननीय रमेश प्रसाद कुर्मी रात दिन खटेका छ्न । आफ्नो सांसदिय कोषबाट उनले आफ्नो क्षेत्रको जनता लाई मात्र हैन महानगर भित्र रिक्सा, ठेला र सडक जीवन बिताइरहेका दिन दुखिलाइ समेत राहत हुने गरि न्यानो कम्बल बितरण कार्यमा लागेका छ्न ।

प्रदेश सभा सद्स्य रमेश प्रसाद कुर्मीले एक असल जनप्रेमी नेताको उदाहरण दिदै दिन भरी आफ्नो प्रतिनिधि सभा क्षेत्रको जनतालाइ न्यानो सल बितरण गर्दै छ्न भने राती राती असायहरु लाई महानगरको सडकमा निस्केर उहाँ सग संगै नगर अध्यक्ष ओम प्रकाश सरार्फ नगर प्रतिनिधि विरेन्द्र सरार्फ र अकलेश पटेल असलम लगायतको सह्योगमा उहाले चिसो मौसम लाई मध्य नजर गर्दै गरिब , असाय , रिक्सा चालक , ठेला चालक र सडक जीवन बिताइरहेका एक सय भन्दा बडि लाई न्यानो कम्बल वितरण गरिएको नगर अध्यक्ष ओम प्रकाश सरार्फले जानकारी दिनुभयो । वीरगन्ज महानगर अन्तर्गत माईस्थान , आदर्श नगर ,मु्ली , पावरहाउस , नारायणी स्टेडियम, बाइपास , बसपार्क चौक, रजतजयन्ती चौक, भन्सार कार्यालय सम्म भेटिने हरुलाई आफैले कम्बल ओढाएका थिए । उनको समूह लाई समृद्ध नेपाल संस्थाले समेत साथ दिरहेको थियो । मानव कल्यान र निस्वार्थ भावना बाट गरिदै कार्यलाइ समृद्ध नेपाल संस्थाका उपाध्यक्ष सिद्धार्थ गुप्ता, सचिव सुसान्त सोनी सह(सचिव अभिषेक बरनवाल सदस्य अनुराग जैसवाल, कविर खान, रोनित गुप्ता , सुरज सरार्फ , अनमोल गुप्ता, भोला कहर र नारायण श्रेष्ठले साथ दिदै थिए । पर्सा जिल्लामा रात्रीको समयमा कुनै नेताले आफै सडकमा आएर बिना कुनै स्वार्थको लागि मानवीय कार्य गर्ने प्रदेश सांसद रमेश प्रसाद कुर्मी लाई देखेर अचम्म हुनुको साथै उनको प्रसंशा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस