वीरगन्ज १७ चैत्र । पर्साको पोखरीयामा बिहिबार दुइ वटा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

पर्साको पोखरीया नगरपालिका ४ स्थित नहरछेउको सडकडमा आज बिहान करिब साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षका हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोबीनी २ का ३० वर्षिय रोजदिन मियाँ , सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र त्यहि ठाँउका १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् ।

घाइते तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीप्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । तिब्र गतिमा रहेका दुवै मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय