जिल्ला विपद् व्यवस्थापन समिति द्धारा प्राकृतीक बिपत्तीलाई रोक्न पूर्व तयारी अवस्थामा रहन निर्देशन

20
People seeking citizenship certificate in District Administration Office, Parsa, on Wednesday, July 6, 2016. Photo: THT

वीरगंज ७ असार ।
मनसुन सुरु भई रकेको हुँदा सम्भावित बाढी पहिरो र डुवान नियन्त्रणका लागि आवश्यक पूर्व तयारीको सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न वैठकले बाढी, पहिरो, डुवान तथा नदी कटान हुन सक्ने क्षेत्रको पहिचान गरी पूर्व तयारी अवस्थामा रहन सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । बैठकले जिल्ला स्तर र पालिका स्तरबाट छुट्टाछुटै रुपमा आकस्मिक उद्धार तथा राहत टोली तमतयारी अवस्थामा रहने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । वैठकले बाढी पहिलो डुवान क्षेत्रमा स्थानिय वासिन्दालाई सचेत गराउन प्रचार प्रसार गर्ने, मनसुन सुरु भएको हुँदा सम्पूर्ण तयारीका साथ प्रहरी प्रशासन, स्थानिय निकाय, रेडक्रस, आकस्मिक सेवा पुर्याउन समेत सक्ने गरी चौविसै घण्टा हाई अलर्टमा रहने निर्णय गरेको छ । वैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, वीरगंज महानगरपालिका सहित १४ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरु, रेडक्रस लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस