मधेश प्रदेशमा कोभिड–१९ खोप घुम्ती सेवा सञ्चालन

14

वीरगंज ७ असार ।
मधेश प्रदेशमा आज देखि कोभिड–१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ । मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले संचालन गरेको घुम्ती कोभिड–१९ खोप सेवालाई आज औपचारिक रुपमा सुरु गरिएको हो।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्तरुपमा अभियान शुभारम्भ गर्नुभयो।कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले खोप लिन छुटेका लक्षित वर्गलाई सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीका साथै बच्चाको लागिसमेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना माहामारीको नियन्त्रणमा कोरोना विरुद्धका विभिन्न खोप प्रभावकारी भएको भन्दै छुटेलाई सहभागी गराइने बताउनुभयो।मधेस प्रदेशमा ८० प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप लिएको कारण बाँकी रहेका २० प्रतिशतलाई लक्षित गरेर एक सय दिनसम्म संचालनमा रहने घुम्ती सेवा बाट एक लाख भन्दा बढी व्यक्ति लाभान्वित हुने लक्ष्य स्वास्थ्य निर्देशनालयले लिएको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस