रौतहटमा नक्कली नाेटसहित एक जना भारतीय पक्राउ

19

वीरगञ्ज २ असार । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले बिहीबार बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारतीय २ हजार दरका २३ थान र ५ सय दरका १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी राैतहटले जनाएकाे छ ।

ससस्त्र प्रहरी नायव निरीक्षक जयराम यादवकाे नेतृत्वमा खटेकाे टाेलीले बंकुल बजारमा रहेकाे बाल्मिकी चिया पसलमा चिया खाइरहेको बेला नक्कली नाेटसहित सक्सेनालाई पक्राउ गर्न सफल भएकाे हाे ।

सूचनाको आधारमा पुगेकाे ससस्त्र प्रहरीकाे टोलीले चिया खाएर बसिरहेका सक्सेनाको शरीर जाँच गर्दा उनकाे साथबाट नक्कली नाेट बरामद भएकाे थियाे । नक्कली नाेटसहित पक्राउ परेका सक्सेनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय बंकुलमा बुझाइएकाे पनि ससस्त्र प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस