मकवानपुर, १० मंसिर ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलस्थित हेटौँडा-भैसे सडक खण्डमा सोमबार बिहान १०:४५ बजे काठमाडौ बाट हेटौंडा तर्फ आउदै गरेको (बा.प्र.०१-००५ न. ७०९५)नम्बरको EV माइक्रोबस लाई प्रहरीले चेकजाँच गर्दा तीन जना भारतीय नागरिकलाई ठूलो परिमाणको विदेशी मुद्रा सहित नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको कमाण्डमा प्रहरी निरीक्षक प्रज्वल थपलिया सहितको टोलीले बसलाई चेकजाँच गर्दा तीनै व्यक्तिहरूको झोला र शरीरबाट विदेशी मुद्रा फेला परेको हो।
विदेशी मुद्रा सहित पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जालौन निवासी ४० वर्षीय बिजय सिंह कुशवाहा, , जसको झोलाबाट US $100 का २१० थान (जम्मा $२१००), भारत उत्तर प्रदेश गोरखपुर निवासी, २६ वर्षीय प्रशान्त पाठक, जसको झोलाबाट US $100 का १४० थान (जम्मा $१४००) र भारत राजस्थान चितौडगढ निवासी, ३२ वर्षीय राहुल कुमार मण्डावट, जसको झोलाबाट US $100 का २०० थान र झोलाभित्र अन्य स्थानमा लुकाइएको US $100 का ७० थान (जम्मा $७००) फेला परेको र जम्मा US $100 का ३५० थान (जम्मा $३५००) र यूरो १०० का ८० थान (जम्मा €४०००) फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइ विदेशी मुद्रा ओसारपसार मुद्दामा कानूनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय