१३ माघ । वीरगंज महानगरपालिकाको अलौंबाट सशस्त्र प्रहरी २ नम्बर प्रदेशका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रबिन कुमार श्रेष्ठ नेतृत्वमा खटिएको टोलीले ५० लाख मुल्य भन्दा बढीको अवैध रुपमा राजस्व छलि भित्र्याईएको भारतीय कपडा कपडा बरामद गरेको छ । पर्साको छिपरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरबाट वीरगंज तर्फ आईरहेको ना. २ त. १६४८ नम्बर ट्रेक्टरमा बाहिर ९० बोरा धान र भित्र ५० बण्डल सुटको कपडा, कुर्थासुरुवाल, सटिङ्ग सुटिङ्गका ठूलो परिणाममा रहेको भारतीय कपडा गरिएको सशस्त्र प्रहरी रुद्रवाहनी पथलैयाका डि.आई.जी. प्रविन कुमार श्रेष्ठले वताउनु भयो । बिशेष सुराकीको आधारमा धान लोड गरिएको टेलर भित्र अवैध रुपमा भारतीय कपडा राखी ल्याइरहेको सुचना प्राप्त भएपछि ट्रयाक्टर नियन्त्रणमा लिईएको श्रेष्ठले बताउनु भयो । भारतीय कपडा र धान सहित ट्रयाक्टरको चालक छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुर निवासी पन्नालाल साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको डिआईजी श्रेष्ठले बताउनु भयो । पर्साका विभिन्न ग्रामिण नाकाबाट भित्र्याईएको अबैध कपडा ट्रयाक्टरको भित्रि भागमा लुकाई वाहिर धानका बोराले छोपेर भित्र कपडाको तस्करी हुदै आएको खुलासा यो घटनाले गरेको डिआईजी श्रेष्ठले बताउनु भयो । धान भित्र ठूलो परिमाणमा कपडा बरामद भए पछि सुरक्षाकर्मीकै मिलोमतोमा ग्रामिण नाकाबाट धान सहित कपडाको तस्करी हुने गरेको खुलासा भएको छ । सशस्त्र प्रहरीले बरामद गरेको कपडा र धान सहितको ट्रयाक्टर सशस्त्र प्रहरी १३ नम्बर गणलाई बुझाईएको र गणले सो कपडा वीरगंज भन्सार कार्यालय बुझाईएको वीरगंज स्थित सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाहले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times