बिरगंज, १२ असार ।
बिरगंज भन्सार क्षेत्रको शंकराचार्य गेट नजिकैको ट्राफिक चेक प्वाइन्टमा ट्राफिक प्रहरीहरूले भारतीय मोटरसाइकल र कारलाई मात्र टारगेट गरेर चेकिङ र पैसा असुल्ने गरेको भारतीय मोटरसाइकल चालकहरूले गुनासो गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत भन्सार क्षेत्रमा खटेका ट्राफिक प्रहरीले भन्सार क्षेत्रमा आतंक मचाएका हुन।
भारतीय चालकहरूका अनुसार, ट्राफिक प्रहरी हवल्दार बिनोद रामले भारतीय मोटरसाइकल देख्ने बित्तिकै रोक्छन् भने नेपाली मोटरसाइकलहरूलाई कुनै जाँचबिना नै छोडिदिन्छन्। यसले गर्दा भारतीय मोटरसाइकल चालकहरूमा असन्तोष बढ्दै गएको छ।
भारतीय चालकहरूका अनुसार, ट्राफिक चेक प्वाइन्टमा उनीहरूलाई अनावश्यक रूपले रोकेर पैसा असुल्ने काम भइरहेको छ। यो असमान व्यवहारले भारतीय चालकहरूको सुरक्षामा आशंका उत्पन्न गराएको छ र उनीहरूले यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
चालकहरूले ट्राफिक चेकिङमा समानता र पारदर्शिता कायम गर्न आग्रह गरेका छन्, ताकि कुनै पनि सवारी चालकले अन्यायको सामना गर्न नपरोस्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समयमै ध्यान जाओस ।