राम कुशवाहा
वीरगंज ५ चैत ।
वडा प्रहरी कार्यालय श्रीपुरले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टि नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरद्धारा चलाईएको बिशेष अभियान अन्तर्गत वीरगंज महानगरपालिका वडा नं ११ रानीघाट टोलमा अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि बितरण भईरहेको सुचनाको आधारमा प्रहरीले छापामारी सोही ठाउमा बस्ने मुन्ना साह र जिवन लामाले संचालन गरेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टि र मदिरा बनाउन प्रयोग हुने कच्चा पर्दाथ, ६ सय पचास लिटर, र त्यारी मदिरा १५० लिटर नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरिक्षक राम प्रवेश भारतीले जानकारी दिनु भयो ।घरेलु मदिराले गर्दा प्रदेश २ को स्थायी राजधानी जनकपुरमा १ दर्जन भन्दा बढि व्यक्तिको मृत्यु भएपछि प्रदेश प्रहरी लगायत मातहतका प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्रि बितरण बिरुद्ध कडा एकसनमा आएका हुन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times