राकेश यादव
युवा नेता (नेपाली काँग्रेस)

माननिय राजेन्द्र महतो जोडदार भाषणबाट तर्सेका र सरिता गिरीको विरोधको स्वरबाट भडकेका एकल राष्ट्रबादी सोच भाइरल हुन मधेशी जनताको लागि नयाँ धारबाहिक होइन हिजो छयाकन गरिएका कयौ धारवाहिकहरु मध्यका एक एपीसोड यो पनि हो मात्र केही पात्रहरु फेरिएका छन् ।

राजेन्द्र महतो जोडदार रुपमा देश बेचुवाहरु खोज्न शूरु गर्न आग्रह मात्र के गरेका थिए, यता खाँटि राष्ट्रबादीहरुले मुद्धा नागरीकतामा जोडी सबै नेपाली जनताको सोच अर्कै तिर मोडे तर मेरो विचारमा नागरीकता विधयेक माथि धेरै छलफल गर्न जरुरी छैन ।

हिजो जसरी हामी नेपालको नक्शा सार्वजनिककीरण गर्दा एक भएर सर्वजनिक गयौ ठिक त्यसतै हाम्रो सहभागिता र सहकार्य जरुरी नागरिकता विधयकमा पनि हुनुपर्नेै रयसलाई सजिलै पारित गर्र्न नेपाली काँग्रेस र मधेशबादी दलको भरपदौ सहयोग हुनुपर्छ । होइन भने निक्कमा र भ्रष्चारीको विल्ला भिडिएको यो सरकारले काँग्रेस र मधेशबादीको अकाशिदै गरेको ग्राफलाई तल र्झन नागरिकता जस्ता कयौं प्रोपगन्डाहरु रचिन्छ । हाम्रो देश नेपालमा केही उग्र राष्ट्रबादीहरुको जमात पनि छ र बर्तमान परिवेशमा उनीहरुका तस्वीरहरु मिडियामा व्यापक छरिएका छन ।

हिजो जलीरहेको मधेशलाई जिस्काउने र उग्र बनाउने प्रत्येक एक क्रियाक्लापलाई जसरी कम्युनिस्टहरु प्रयोगमा ल्याए र त्यसका लागि कुनै कसर बाँकी राखेन्न आजको अवस्था पनि एक किसिमले सिर्जना हुदैछ । नेपाल कम्युनिष्ट पार्टीको एकल राष्ट्रबाद र मधेशवादीको राजीनतीक पहिचानबादको मझदारमा हिजो नेपाली काँग्रेस फसेकै हो कारण मधेश र पहाडको पुल निर्माण गर्दा गर्दै उग्र राष्ट्रवादीहरुको तिरस्कार र राजनितिक पहिचनबादीहरुको रोषको सिकारमा नेपाली काँग्रेस फस्न गएकै हो ।

तर देश हिजो र आज बचाउने पनि काँग्रेस नै हो भनि कहिले काही विपक्षीहरुको मुखबाट सुन्दा आम कार्यकर्ता खुशी पनि हुनछन तर हिजो गरेको गलतीहरु फेरी दोहोरिनु हुन्न विखन्डनकारी कम्युनिस्टहरु आफ्ना चुनावको तयारीमा जुटिसकेको छन्का यसका उदाहरणको जारी नेपालको नक्शा र हालको नागरिकता कान्डको हल्लाले एक जुट रहेको नेपाललाई दुई चिरामा विभाजन गरे ।

तत्कालीन एमाले र माओवदी समिश्रण भइ बनेको पार्टी नेकपामा सधै नेपाली नेपालीलाई कित्तामा उभ्भियार राजनितिक अभिष्ट पूरा गरेको अनेकौ उदाहरणहरु छन, राजनितीक सत्ता हत्याउन माओवादी आन्दोलनको खेल साथै जसरी भए पनि प्रधानमन्त्री बन्न पेलेर घोषण गरिएको २०७२ को संविधान ज्ञात हो मधेश जली रहदा कयौ युवा सपूतहरुको छाली र टाउकामा गोली हानि राख्दा त्यस पार्टीका नेताहरुको भाषण अहिले पनि सम्झना आउँदा जिव सिरिङ्ग भएर आउँछ । मधेशको क्रान्ति मधेशीको सम्मान प्राप्तीको आन्दोलन थियो र त्यस बेला अर्थात २०७२ तिर सविधान घोषणा हुन लाग्दा विभिन्न जात, समुदायका आफ्ना माँगहरु पुरा गराउन विभिन्न क्षेत्रमा आन्दोलनहरु भई रहेको थियो तर आन्दोलन एक तिर र तत्कालीन एमालेका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने रहर, प्रचन्डलाई आफ्नो मुद्धा छिनोफानो गर्ने हतार र सुशिल कोइरालालाई एतिहासिक पुरुष बन्ने रहरको उपज नै नेपालको सविधान एक पक्षको सम्झदारी विना नै घोषण गरियो ।

मधेश केन्द्रित दलसँग राजनितीक सम्झौता मार्फत माँगहरु सम्बोधन गर्ने भनि गरिएको बाँचा पूरा नगरी उनीहरुको पार्टी फुटाउन गरिएको प्रपञच पनि एक उदाहरण हो । यसताअनेकौ सम्झौताहरु कागजको खोस्टो भईसडेर मन्त्रालयको कुनै दराजामा थनकेको होला । तर राष्ट्रीय एकता बलियो होस र यो देश हाम्रो हो भन्ने कती परिक्षाहरु सम्मना गर्नुपर्ने हो अहिले पनि यसको समय आएको छैन । कलान्तरमा हामी यस देशका दुइ नम्बरी नागरीक हो भने प्रमाणित राज्य सत्ताले गरेकै हो । मधेशको अधिकर प्राप्तीको आन्दोलन मन्थर गरी मधेशलाई ८ जिल्लामा समिति गर्ने कम्युनिस्टहरुलाई मधेशी जनता कहिलै माफ गर्ने छैन । त्यककारण नागरीकता विधयक माथि धेरै छलफल गर्न जरुरी छैन ।

नेपालको तिन ठुला पार्टी मध्येका नेपाली काँग्रेस र मधेशबादी दल अव आफ्नो भोट बनाउने अभियान तिर लाग्नुपर्छ जसरी मधेशबादी दलले हिजोको बाबुराम भटटराईसँग सहकार्य गरेर नेपालमा अब अर्को शक्तिको उदय हुन लागेको देखेर पनि कम्युनिस्टहरुलाई छटपटी हुन ठुलो कुरा होइन तसर्थ नेपाली काग्रेस र माधेशबादी दल अर्थात जसपाले आफ्नो भोट निर्माणको कार्यमा अगाडी बढनु पर्छ र त्यका लागि घोर राष्ट्रबादी हुनु जरुरी छ र त्यसका लागि यस्तै कुराहरुमा जनतालाई आफुतिर तान्ने बेतुक चक्रभिव्युहरु रचि रहनुपर्छ जसरी विगतमा नक्शा र अहिले नागरिकताको रुपामा रचिदैछ ।

सत्ता प्राप्ती पश्चात गरिएका यस्ता बेतुकी निर्णयहरु पल्टाउला तर अहिले यिनीहरु रोक्न जसरी भए पनि उनीहरुको परिभाषा अनुसारको राष्ट्रवादी बनी कोरोनालाई प्रास्त गर्दै जनमत तयार तिर लागौ र नागरिकता विधयेक सजिलै पास गराउँ र फरी पनि देश बेचवालाई नछोडऔ । हामीले नागरिकता सशोधन विधयेक पारित गरौ र पहाड र मधेशलाई एक समयको लागी छुटिन्न देउ सत्ता प्राप्तिको खेलमा लागौ, भोट निर्माण गरौ, हामी नेपाली भेडा हो भन्ने चित्र कम्युनिस्टहरुलाई जानकारी प्राप्त छन र अहिले २१ सताब्दीका युवाहरु प्नि कतिको बुद्धिमान छ बारे सजिलै अनुमान गरेका कम्युनिास्टहरु फेरी यो नागरिकता विधयेको हल्ला फिजाई आफ्नो भोट हत्याउने खेलमा अग्रसर छन् तसर्थ हामी नेपाली सचेत हुन जरुरी छ । हामी एक भएर बस्ने की बेतुक राजनितिक खेलको खेलाडी बन्ने निर्णय तपाई हाम्रो हातमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय