निषेधाज्ञा जारी भएसँगै मालसमानको आयातमा कमी

382

बीरगंज २५ बैशाख ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारबाट निषेधाज्ञा जारी भएसँगै पछिल्लो दुई सतादेखि मालसमानको आयातमा कमी आएको छ । मुख्य गरी इन्धन र सवारी साधानको आयातमा गिरावट आएको भन्सार अधिकारीहरुले बताएका छन् । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले निषेधाज्ञा अघि दैनिक साढे ७ सय भन्दा बढी सवारी साधान मालसमान लिएर नेपाल भित्रिने गरेकोमा अहिले दैनिक ३ सयको हाराहारीमा सवारी साधन मालसमान लिएर आउने गरेको बताउनु भयो । कोरोना महामारीको कारण यातायात बन्द रहेको कारण डिजेल पेट्रोलको आयातमा समेत कमी आएको पौडेलले बताउनु भयो । बीरगंज भन्सार कार्यालयले दैनिक ७० करोड राजस्व असुली गर्ने लक्ष्य राखेको बैशाख महिनामा अहिले दैनिक ३५ करोडको हाराहारीमा राजस्व असुली भएको पौडेलले बताउनु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस