पर्सा प्रहरीद्वारा ६० लाखको तस्करीको चकलेट तथा पाचक लोड गरिएको कन्टेनर नियन्त्रणमा

219

वीरगंज २ चैत्र ।
पर्सा प्रहरीले ६० लाख मुल्य भन्दा बढीको भन्सार छली भारतबाट भित्र्याईएको चकलेट तथा पाचक लोड गरिएको कन्टेनर नियन्त्रणमा लिएको छ । प्रज्ञापनपत्रमा कम मूल्याङकन गरी भन्सार छलेर चकलेट तथा पाचक लगायतका मालवस्तुहरू वीरगञ्ज स्थित हनुमान सप्लायर्सले भित्र्याई भण्डारण गर्न लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ वीरगंज महानगरपालिका वडा नम्बर १७ आईसिपी स्थित सडक खण्डबाट एनएल ०१ एल ६५४८ नम्बरको भारतीय कन्टेनरलाई रोकेर चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख गरिए भन्दा ठूलो परिणाममा राजस्व छलिएको चकलेट र पाचक फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो । नियन्त्रणमा लिएको चकलेट र पाचक सहितको कन्टेनरको ६० लाख मुल्यांकन गरी थप कारवाहीका लागि आज राजस्व अनुन्धान कार्यालय पथलैया वारामा बुझाईएको डिएसपी खनालले बताउनु भयो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस