वीरगञ्ज २८ फाल्गुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल पर्साले वीरगन्ज वडा न ७ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ ।
जगु साहको अध्यक्षतामा वीरगञ्ज वडा नम्बर ७ रामटोलमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सान्सद रमेश कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी ,शशी कपुर मिया लगायतले यसपाली लोसपा बाहेकको अर्को विकल्प नरहेको वताएका छन ।
मधेशीको आफनो पहिचान र हकहितको लागी विगत लामो समयदेखी विपन्न अतिविपन्न उत्प्रेरीत वर्गको लागी विभिन्न आन्दोलन गर्दै आएको लोसपा नेपाल वर्तमान परीवेशमा पनि आनदोलनकै क्रममा रहेको बताएका छन ।
कार्यक्रममा रम्भा मिश्रा,लोसपा बिरगंज महानगरका कमिटीका अध्यक्ष ओम प्रकाश सराफ, जिल्ला बरिस्ठ उपाध्यक्ष सन्तोष तिवारी ,सचीव राजनरायण मिस्र, नगर उपाध्यक्ष शेख फिरोज,सचिव संजय पटेल , कोषाध्यक्ष जय प्रकाश साह( अग्रवाल ), सह- सचीव रेखा सरार्फ,युवा नेताहरु शेख अरसद,राहुल सर्मा, सागर सरार्फ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय