वीरगन्ज, १ कात्तिक । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । पर्साको वीरगन्ज बजार र ग्रामीण भेगबाट मोटरसाइकल चोरी गरि अन्यत्र लगेर बिक्री गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोरटरसाइकल चोरी गिरोहमा संलग्न ६ जनालाई पक्राउ गर्नुका साथै उनिहरुको साथबाट चोरीका ५ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका २१ ब्र्षिय सुमित कुशवाहा , वडा नम्बर १२ मुर्लीका १९ बर्षिय राजन मण्डल , मुर्लीकै अभय मण्डल , वडा नम्बर ११ रानीघाटका २० बर्षिय नन्दन चौरसिया , वडा नम्बर १० घडीअर्वाका २० बर्षिय रिकी मण्डल र पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ६ सिर्सियाका २५ बर्षिय खरबुद आलम रहेका छन् ।

उनिहरुको साथबाट चोरीका ना.१० प ५०५१, प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ , ना.१८ प ४२१९ र ना.३७ प २०२४ नम्बरका गरि ५ वटा मोटरसाइकल बरामद गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय