वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ को (ख) पदका छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्र वीरगन्ज १६ नगवाको घुसुकपुरमा घरदैलो तथा सभा सम्मन्न गरेका छन । घुसुकपुर टोलका युवाहरुले स्वस्फुर्तले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नगवाको चौतर्फी विकासको लागि आफू प्रतिबद्ध रहेको बताए ।
उनले भने, म एउटा नेता मात्र होईन, समाजिक क्षेत्रमा काम गर्ने समाजसेवी पनि हु, चुनाव लड्नु अघि पनि आफू २४ औं घण्टा जनता बिच रहेर समाज सेवाको योगदान पु¥याउँदै आएको छ । एकपल्ट आफूलाई विजय गराएर देखाउँनुस् वडाको विकासमा ठूलो परिर्वतन ल्याउँने छु ।

उनले विगत १२ बर्षदेखि नगवामा शिलान्यास गरेर छाडिएको कृषि बजारलाई आफू निर्वाचित भए सुबिधा सम्पन्न कृषी बजार निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । भ्रष्टचारीहरुले विगत पाँच बर्षदेखि नगवामा आफनो कार्यकर्तालाई पाल्ने बाहेक कुनै काम नगरेको आरोप समेत उनले लगाए ।
मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति कटाक्ष मार्दै उनले भने, नगवाम निर्माण भएको सडकको अवधि २ बर्षपनि टिक्दैन, आफनै निर्वाचन क्षेत्र रहेका कारणले भ्रष्टाचारी नेताले आफनो कार्यकर्तालाई पाल्नको लागि योजना मात्र ल्याएका थिएका छन, जसअनुसार उनीहरुले विभिन्न योजना गुणस्तरहित काम गरेर भ्रम लुट मचाएका छन ।

रास्ट्र निर्माणको अभियान, लौरो (छडी) छापमा मतदान भन्ने नाराका साथ चुनावी मैदानमा उत्रेका प्रदेश सभा सदस्यका उम्मेदवार सर्राफले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण संगै स्वास्थ्य, शिक्षामा बढी काम गर्ने योजना बनाएको बताए । अहिले पर्सा जिल्ला स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै पिछिडिएको छ । शिक्षा बिना विकास, स्वास्थ्य विना मानिव बाँच्न नसक्ने भएकोले पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य सुधार रहेको उनले बताए ।
काठमाण्डौंका जनताले जसरी बालेन शाहलाई निस्वार्थ भावले चुनेर मेयर बनाए । त्यसरी नै यहाँका जनताले पनि निस्वार्थ रुपमा निश्पक्ष छवि र भ्रष्टचार विरुद्ध अभियान चलाउँने, समाज सेवामा योगदान पु¥याउँने युवालाई नै अगाडी सारे मात्र बालेन शाह जस्तो निवास्र्थ विकास निर्माणको कार्यलाई गतिदिन सक्ने बताए ।

सभामा छौरो छापकै समानुपाति तर्फबाट उम्मेदवार गुड्डी जोशी, इन्जिनियर गजेन्द्र दास, इन्जिनियर बिनोद साह लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानियले भ्रष्टाचार मुक्त प्रदेश र समाज निर्माणको लागि अहिले परिवर्तनको खाँचो रहेकोले आफूहरु पनि निस्वार्त रुपमै आफूहरु मतदान गर्न प्रतिबद्ध रहेको स्थानिय बुद्धिजीवी जयमंगल साहले बताए । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय