वीरगन्ज,२४ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ ।

बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे ।

यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो ।

अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय