वप्रका श्रीपुरद्वारा ८ लाखको भन्सार छलिको लता कपडा तथा हार्ड्वेयरको सामान बरामद

पढ्न छुटाउनुभयो ?

spot_img

राम कुशवाहा
बिरगंज २१ साउन ।
प्रहरीले बिरगंज महानगरपालिकाको वडा न ८ लिन्क रोड एरियाबाट ठूलो मात्रामा भारतिय लता कपडा, कुर्ता सुरुवाल तथा हार्डवेयरको पार्टपुर्जा बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलिले विशेष सुचनाको आधारमा बिरगंज महानगरपालिकाको लिन्क रोड एरियामा सटर भाडामा लिएर अवैध मालसामान राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर भारतीय लता कपडा तथा हार्ड्वेयरको सामानहरु ठूलो मात्रामा बरामद गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाहिले जानकारी दिनुभयो ।

तस्करले सिमावर्ती सहर रक्सौल बाट भन्सार छली चोरी पैठारी गरि ल्याएको ८ लाख बराबरको लता कपडा तथा हार्डवेयरको पार्टपुर्जा बरामद गरेको प्रनी शाहिले जानकारी दिए ।
प्रहरीले बरामद गरेको अवैध रुपमा भित्र्याइएको लता कपडा तथा हार्ड्वेयरको सामानहरु आवश्यक कार्यवाहीका लागि बिरगंज भन्सारमा पठाउने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाहिले जानकारी दिनुभयो ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img