वीरगन्ज, ।

पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत टेढा र रामवनमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले वीरगन्जका ग्रामीण वडाहरू अझै पनि विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको बताएका छन्। उनले महानगरपालिकाभित्र समेटिए पनि ग्रामीण भेगका गाउँलेहरूले महानगरको अनुभूति गर्न नपाएको उल्लेख गर्दै विगतका जनप्रतिनिधिहरूले जनतालाई ठगेको आरोप लगाए।

आफू निर्वाचित भएमा ती वडाहरूको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सरार्फले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राख्ने बताए।

उनले देश र मधेसको राजनीतिक निकासको स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सी.के. राउतसँग मात्र रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न सबै मतदातासँग अपिल गरे।

कार्यक्रममा जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी हुनेहरूमा डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साह लगायत रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय