सघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदै

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज २३ बैशाख ।
सघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनकारुपमा लिइन्छ । संसदको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु भएपनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय ससद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ । संसद सचिवालयका अनुसार आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । आइतबारकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । आइतबारपछिका बैठकहरुमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, सशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु क्रमशः स्वीकृत हुने छन् । वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img