बीरगंज ६ जेठ ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय संसद अवरुद्ध गर्ने चेतावनी दिनु भएको छ । पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा टोलमा निर्माण हुने कृषि बजार शेडको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले संसदीय विकास कोषको बजेट कटौती गर्ने ओली सरकारले षडयन्त्र गरिरेहको बताउनु भयो । उहाँले वर्तमान कम्युनिष्ट सरकार संघीयता विरोधी भएको आरोप लगाउदै ओली सरकारको मधेस विरोधी रवैयालाई आफुहरुले सफल हुन नदिने चेतावनी दिनु भयो । उहाँले मधेसी दलहरुबाट विजयी ३३ सांसदहरुको क्षेत्रिय विकास बजेटलाई बाईपास गर्न संसदीय विकास कोषको बजेटलाइ कटौती गर्ने षडयन्त्रमा ओली सरकार लागि परेको आरोप लगाउनु भयो । कार्यक्रममा जिल्ला कृषि विकास कार्याल तथा पर्सा गढी नगरपालिकाको विकास बजेटबाट रु. १९ लाख रुपैयाको लागतमा कृषि बजार सेड निर्माण भईरहेको जानकारी गराईएको थियो । वडाअध्यक्ष असलम आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका बुथसभापति अनवर आलम, नेपाल कम्युनिष्ट पार्टीका गाउं कमिटि अध्यक्ष सैनुल्लाह मिंया, संघिय प्रेस फोरमका सल्लाहकार विजय कुशवाहा, लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times