वीरगंज, ६ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. २३ मा निर्माण भइरहेको आयोजनाको वडा अध्यक्ष अवधकिसोर कुशवाहा सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । टोलीले वडा नं. २३ को सवैठवा र प्रसौनी बिर्तामा उपभोक्ता समिती मार्फत निर्माण भईरहको नाला, सडक तथा मन्दिर मर्मत कार्यको स्थलगत निरिक्षण गरेको हो । निर्माण कार्यलाई अवलोकन गर्दै वडा अध्यक्ष कुशवाहाले निर्माण समाग्रीको गुणस्तरीयता र योजना अनुसारका कामहरु निर्माण भए नभए बारे जानकारी लिनुभएको थियो ।समयमै काम सम्पन्न गर्न सम्बन्धित समितीका पदाधिकारीहरुलाई वडा अध्यक्ष कुशवाहाले निर्देशन समेत दिनुभएको थियो । त्यसैगरी निर्माण कार्यमा कुनै सम्झौता नगरिने भन्दै वडा सदस्य लालबाबु यादवले कमशल र योजना बिपरित काम भए जानकारी दिन स्थानियहरुलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा उपभोक्ता समितीका पदाधिकारी , वडा सदस्य तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय