जनकपुरधाम, जेठ १० । मुख्यमन्त्री लालबाबु राउतले समाजिक परिचालकहरुको समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भएको छ ।
राष्ट्रिय समाजिक परिचालक कर्मचारी संघको प्रादेशिक भेलालाई जनकपुरमा सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले जिवनको अमुल्य समय खर्चेका समाजिक परिचालकहरुलाई व्यवस्थित गर्न आफुहरु सक्दो पहल गर्ने बताउनु भयो ।
संघीय सरकारको लापरवाहीका कारण एलजिसिडीपी अन्तर्गत तत्कालिन जिल्ला विकास समिति मार्फत काम गरेका समाजिक परिचालकहरु अन्यौलतामा फँसेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले भन्नु भयो,‘तपाईहरुको समस्या समाधानको लागि संघीय सरकार र स्थानीय सरकार दुबैमा पहल गर्छौ ।’ उहाँले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै निजामति सेवा ऐन ल्याउन लागेको जानकारी गराउदै त्यही ऐनमा समाजिक परिचालकलाई व्यवस्थापन गर्ने प्रयासमा आफुहरु रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा बन, पर्यटन उद्योग तथा वातावरण मन्त्री राम नरेश राय, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले समाजिक परिचालकहरुको समस्या संग आफुहरु अवगत रहेको उल्लेख गर्नु हुँदै समस्या समाधानका लागि प्रदेश सरकारबाट हुन सक्ने पहलहरु गर्न आफुहरु तैयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २का प्रमुख सचेत शैलेन्द्र यादव, राजपाका नेता गजेन्द्र मण्डल, समाजिक परिचालक कर्मचारी संघका केन्द्रिय तथा प्रादेशिक पदाधिकारीहरुका साथै प्रदेश भरिकै समाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय