बीरगंज १० जेठ ।
सिमा व्यवस्थापन सम्बन्धी नेपाल भारतको संयुक्त बैठक आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको भिष्वा होटलमा सम्पन्न वैठकमा बारा, पर्सा, रौतहट सहित भारतको पूर्वी चम्पारण, पश्चिमी चम्पारणका उच्च सुरक्षा अधिकारी तथा सिमा सर्वे अधिकृतहरुको सहभागिता रहेको थियो । वैठकले वीरगंजको छपकैया लगायतका क्षेत्रमा देखिएको सिमा विवादलाई सेटेलाईट म्याप अनुसार समाधान गर्ने, दशगजा क्षेत्रमा उत्पन्न विवादलाई समाधान गर्ने र अर्को बैठक भारतमा बस्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताउनु भयो । बैठकको नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले नेतृत्व गर्नु भएको थियो भने भारतको तर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमारले गर्नु भएको थियो । विगत दुई महिना अगाडी वीरगंजको छपकैयामा भारतीय पक्षले गाडेको सिमा पिलरले नेपाली भूमि मिचिएको भन्दै स्थानिय वासिन्दा आन्दोलनमा उत्रिएको विषयमा समेत गम्भिर छलफल भएको र सो समस्या केन्द्र स्तरबाटै समाधान गरिने पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । यसैगरी दुई देशका सुरक्षा अधिकारीहरु विच नेपाल भारत खुला सिमामा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न एक आपसमा सहयोग आदान प्रदान गर्ने, सिमा क्षेत्रमा कडा निगरानी राख्ने सम्बन्धमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय