लहान, जेठ १२ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन दलितको समृद्धि आवश्य रहेको बताउनु भएको छ ।
दलित सरोकार मंच सप्तरीको आयोजनामा लहानमा भएको दुई दिवसीय प्रादेशिक दलित सभाको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै जातजाति समृद्ध नभए सम्म प्रदेश र मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो ।
युक्ति मरिकको अध्यक्षतामा भएको समापन समारोहमा मुख्यमन्त्री राउतले दुई दिवसीय भेलाले जारी गरेको घोषणा पत्रले दलितको वास्तविक अवस्थालाई उजागर गरेको उल्लेख गर्दै दलितलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकारले खेल्न सक्ने हरेक भूमिकाको लागि आफुहरु तैयार रहेको बताउनु भयो ।
समाजमा लामो समय देखी भेदभाव , छुवाछुत जस्ता कुरितिहरु व्याप्त रहेको उल्लेख गर्दै उहाँले यसको अन्तको लागि सबैलाई एक जुट आग्रह समेत गर्नु भयो । संघर्ष विना यो मुलुकमा केही पनि प्राप्त नभएको बताउदै उहाँले दलितहरुलाई आफनो अधिकारको लागि अगाडी आउन सुझाव समेत दिनु भयो ।
दलितमा पनि मधेशी दलितको अवस्था अझ भयावह रहेको बताउदै उहाँले दलितहरुमा रहेको अपार क्षमता प्रदर्शनको लागि अवसर प्राप्त हुनु पर्ने उल्लेख गर्नु भयो ।
समाजिक न्यायको विना कुनैपनि समृद्धि सम्भव नरहेको बताउदै उहाँले समाजिक न्यायको लागि मुलुकमा जारी आन्दोलनमा दलितहरुलाई काँधमा काँध जोडेर अगाडी बढनु पर्ने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि राष्ट्रिय सभाका सदस्य रामपृत पासवानले कम्युनिष्टहरु रटि रहेको वर्गिय मुक्तिले नेपालीय धरातलको विभेद समाप्त हुने बताउदै त्यसका लागि जातिय मुक्तिनै सबै भन्दा उत्तम विकल्प रहेको उल्लेख गर्नु भयो ।
समापन समारोहमा प्रदेश सभा सदस्य सुनिता राम, दलित समुदायबाट प्रदेश नं. २को विभिन्न नगरपालिका तथा गाँउपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखका साथै प्रदेश भरिकै दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
सभाले जारी गरेको घोषणा पत्र आयोजक संस्थाका कार्यकारी निर्देशक भोला पासवानले वाचन गरेका थिए भने सो घोषणापत्र मुख्यमन्त्री राउतलाई समेत बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय