वीरगंज,जेठ १५

वीरगंज महानगरपालिकामा वडा नं. २३ सवैठवा टोलमा मन्दिर निर्माण तथा पर्खाल निर्माणको कार्य शुरु गरिएको छ । वडा समितीको १० लाखको लागतमा मन्दिर तथा पर्खाल निर्माणको काम शुरु भएको हो । निर्माणधिन संरचनाको आज वडा अध्यक्ष अवधकिसोर कुशवाहा सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा वडा अध्यक्ष कुशवाहाले योजना अनुसार काम भए नभए बारे जानकारी लिनुभएको थियो । कमशल निर्माण समाग्री तथा योजना अनुसार निर्माण कार्य नभए तत्काल जानकारी गराउन वडा अध्यक्ष कुशवाहाले स्थानिय संग आग्रह समेत गर्नुभएको थियो । सो अवसरमा उपभोक्ता समितीका अध्यक्ष रामाज्ञया महतो कोइरी, सदस्य सुनिल कुशवाहा,वडा सदस्य लालबाबु यादव, रामायण महतो, कैलाश महतो, राजिन्द्र पंडित , बिरेन्द्र कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय