वीरगंज,जेठ १५
पर्साको पोखरीया नगरपालिकामा आज तत्कालिन एमालेका पोखरीया नगर कमिटी संयोजक स्व. रामप्रसाद चौहानको १३ औं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकोे छ । स्थानिय नेता राजेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद एवं लोमसका महासचिव राजकुमार गुप्ताले स्व.रामप्रसाद चौहान निधनले पार्टीलाई ठुलो क्षति पुगोको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा जिवन बिताएका स्व. चौहानको सपनालाई पुरा गर्न नेकपा पर्साका नेताहरु लाग्नुपर्ने धारणा राख्नुभयो । श्रद्धाञ्जली सभामा पुर्व सांसद बिचारी प्रसाद यादव, प्रधुम्न चौहान,नेकपाका नेता बाल गोपाल थापा,बिन्द्याचंल ठाकुर, किसोरी राउत कुर्मी, फरमान अंसारी , धुरुप कुशवाहा , पारस ठाकुर प्रभु पटेल , गंगा खडका ,किसोरी कुशवाहा, वृजेश चौहान, प्रेस चौतारी पर्साका सचिव संजिव मिश्रा, युवा नेता रवि गुप्ता लगायतको सहभागिता रहेको थियो । नेकपा पोखरीया नगर कमिटीले आयोजना गरेको कार्यक्रममा भगवान प्रसादले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण दिनेश चौहानले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय