बीरगंज २० जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टिबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अवस्थामा ठूलो परिणाममा रहेको मरिच बरामद गरेको छ । वीरगंजबाट ना ३ त २४३६ नम्बरको टयाक्टरमा राखि ग्रामिण नाका अमरपट्टिबाट भारत तर्फ लैजान लागेको अवस्थामा टयाक्टरमा रहेको १ हजार ८ सय ७५ किलो ग्राम मरिच बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । बरामद गरिएको मरिच, टयाक्टर र चालकलाई आज जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । प्रहरीले टयाक्टर चालक भारत बेतिया सिक्टा पुरैनिया ७ निवासी नन्दलाल यादव सहित बरामद गरेको मरिच र टयाक्टर थप कारवाहीका लागि आजै बीरगंज भन्सार कार्यालयको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times