वीरगंज २२ जेठ ।
प्रदेश नं. २ का गृहमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश नं. २ महिला हिंसा मुक्त बनाउन आफुहरु लागि परेको बताउनु भएको छ ।
सम्बल काठमाडौंको आयोजना तथा मधेसी पत्रकार समाजको संयोजनमा वीरगंजको माईस्थान पार्कमा आयोजित महिला हिंसा विरुद्ध सशक्त आवाज (सडक नाटक) झुमकी यात्राको उदघाटन गर्नु हुदै मन्त्री यादवले महिंला हिंसा गम्भिर अपराध भएकोले यसका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने दाबी गर्नु भयो । महिला हिंसा सम्बन्धि प्रदेश सरकारले कडा कानुन बनाई कार्यान्वयन गर्ने बताउदै मन्त्री यादवले कुनै पनि महिला माथि हिंसा भएमा त्यसलाई नलुकाई कानुन अनुसार कारवाहिको लागि अगाडि बढन सम्पूर्णमा आग्रह गर्नु भयो । महिला हिंसा जस्तो जघन्य अपराधमा सबैले एकजुट भई सशक्त रुपमा आवज उठाउनु पर्ने आग्रह गर्दै उहांले प्रदेश भरी कै सबै ग्रामिण स्तरमा यो सडक नाटकलाई पु¥याउन आग्रह समेत गर्नु भयो । सडक नाटकको प्रयोजन एडभान्स सिमेन्टले गरेको छ ।
आयोजक संस्थाका पुनम ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य महेश दास, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, एडभान्स सिमेन्टका जिएम हरिशंकर कर्ण, रणधिर चौधरी, रमेश गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो । सडक नाटकमा अनिल कुमार कर्ण, सबिन कटेल, रिमा रिमाल, पुनम ढकाल, सरस्वती अधिकारी, सगुन पोखरेल, गंगाकान्त झा र लक्ष्मी चौधरीले अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय