राम कुशवाहा
बीरगंज २३ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. १६ मा रहेको ईनर्वा प्रहरी चौकीले ३१ लाख ८० हजार प्रतीबन्धीत भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ ।
ईनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक त्रिभुवन शाहको कमाण्डमा रहेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाचको क्रममा रक्शौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ नं को मोटरसाइकललाई चेकजाच गर्दा शरीरमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा २ हजार दरका ३१ लाख ८० हजार नोट सहित जिल्ला बारा कलैयाका चितरंजन प्रसाद र भारत विहारका जिल्ला मोतीहारी ग्राम बेलवा १४ का रोहित केशरी लाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पत्रकार सम्मेलनगरी जानकारी दिनु भयो ।
पक्राउ गरिएका प्रतीबन्धीत भारतीय नोट र मानिसलाई आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहर भवन, पुलचौक, ललितपुर पठाउने पर्सा प्रहरी प्रमुख रेवती ढकालले बताउनु भयो । ईनर्वा प्रहरी चौकीमा सई त्रिभुवन साह आए संगै जेठ ५ गते वीरगंजको रजतज्यन्ती चौकबाट १२ लाख ७ हजार पाच सय अवैध भारतिय रुपैया सहित एक जनालाई पक्राउ गरेका थिए,त्यसैगरी नेपालबाट वीरगंजको मुख्य भन्सार नाका प्रयोग गरी भारततर्फ गईरहेको करोडौ मुल्य बराबरको अवैद्य मरिच र भारतिय ट्रक शंकरार्चाय गेट नजिकबाट पक्राउ गरेका थिए । ईनर्वा प्रहरी चौकीमा सई त्रिभुवन साह आएपछी एक महिनाको अन्तरालमा करोडौको अवैद्य कालो मरिच, माल समान र नगद बरामद गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय