प्रणय साह
वीरगंज, १ असार /
पर्साका गैर सरकारी संस्थाहरुले सरकारको निर्णयको विरुद्ध आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । पांच दिन अघि जेष्ठ २५ गते नेपाल सरकार, गृह मन्त्रालयबाट संघ संस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी गरिएको सूचना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा नेपालको लोकतान्त्रीक आन्दोलनमा मानव अधिकारको रक्षा, समाजमा व्याप्त असमानता, कुरीति कुसंस्कार तथा अनियमितताको अन्त्य, सचेतना निर्माण तथा मुलुकको सर्वा्·िण विकासका लागि नेपालका गैर सरकारी संस्थाहरुको महत्वपूर्ण भूमिका र योगदान रह“दै आएको कुरा हामी स्मरण गराउन चाहन्छौ“ । संघ संस्थाहरुले मुलुकको समृद्धिका लागि योगदान गरेको सकारात्मक पक्षहरुलाई नजर अन्दाज गर्दै गृह मन्त्रालयबाट जारी भएको परिपत्र मानवअधिकारका मौलिक सिद्धान्तहरु, व्यक्तिको संगठित हुन पाउने नैसर्गिक अधिकार, नेपालले प्रतिवद्धता जनाएका अन्तर्रा्ष्टिय महासन्धीहरु तथा नेपालको सविधानको मौलिक हकको धारा १७ अन्तर्गतको संघ संस्था खोल्ने स्वतन्त्रताको विरुद्धमा रहेको उल्लेख गरिएको छ । मुलुकको समृद्धिमा वृहत्तर साझेदारी र योगदान गर्न सक्ने नागरिक संस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचन गर्ने प्रकृृतिको उक्त निर्णयले लोकतन्त्रका आधारभूत मान्यता माथी नै प्रश्न चिन्ह खडा गरेको महसुस गरिएको गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले बताए । संस्थाहरुको कार्यक्षेत्र नियन्त्रित गर्ने, संस्थाहरुको खारेजी गर्ने तथा अनुपयुक्त समयमा नविकरण गराउने जस्ता विषय उल्लेखित परिपत्रले स्वतःस्फूर्त रुपमा सामाजिक सेवामा कृयाशिल रहेका आधारभूत तहका संस्थाहरु वन्द गर्ने नियत लुकेको देखिएको उनले दावी गरे । मन्त्रालयको यो प्रवृतिको हामी खेद प्रकट गर्दछौ“ । यसर्थ, नागरिकका मौलिक हक र अधिकारको सम्मान गर्दै, आफूले प्रतिवद्धता जनाएका अन्तर्रा्ष्ट्रिय मूल्य मान्यताको सम्मान र गैर सरकारी संस्थाहरुको स्वतन्त्रताको सुनिश्चित गर्नका लागि उक्त सूचना तत्काल फिर्ता गर्न हामी गैर सरकारी संस्थाहरुको तर्फबाट जोडदार माग गर्दै देश भर जस्तै पर्साबाट पनि ज्ञापन पत्र बुझाइएको साहले बताए । यसैबिच जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र नविकरण नगर्ने जिल्लाका गैर सरकारी संस्थाहरुलाई खारेज गर्ने चेतावनी दिएको छ ।
प्रशासन द्वारा जारी सूचनामा जिल्लामा संचालित गैर सरकारी संस्थाहरुले अबको १५ दिन भित्र नविकरणका लागि निवेदनको साथमा हाल सम्म गरेको कार्य विवरण सहित अन्य प्रमाणहरु संलग्न राखी पेश गर्नु पर्ने तथा सो अवधिमा कुनै कारणले नविकरण नगराएमा कानुन बमोजिम त्यस्ता संस्थाहरुको नविकरण खारेज गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय