![](https://themadheshtimes.com/wp-content/uploads/2018/06/2-1.jpg)
![](http://www.themadheshtimes.com/wp-content/uploads/2018/06/2-1-300x169.jpg)
वीरगंज ७ असार ।
नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा तीन दिने बृक्षारोपण तथा बन सम्बन्धि सञ्चालित तालिम आज एक समारोहका बिच सम्पन्न भएको छ ।
बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवागुठी स्थित रा.रा.चौ.मा.वि. झौवागुठीमा आयोजित तालिममा सहभागी स्थानिय ४० जनालाई प्रशिक्षक जिल्ला बन कार्यालय पर्साका रेन्जर रेयाज अहमद अंसारीले प्रशिक्षण दिनु भएको थियो । तालिममा बृक्षरोपणका फाईदा, यसबाट जलवायुमा हुने परिवर्तन, रुखको आयतन, कुन वातावरणमा कस्तो रुख रोप्ने लगायतका विषयमा सहभागीहरुलाई रेन्जर अंसारीले प्रशिक्षण दिनुका साथै सहभागीहरुबाट आएका विभिन्न जिज्ञासाहरुलाई समेत प्रष्ट पार्नु भएको थियो ।
संस्थाका अध्यक्ष श्रवण प्रसाद साहको सभापतित्वमा भएको कार्यक्रममा श्री रा.रा.चौ.मा.वि.का प्रअ सतिस चन्द्र झा, युवा नेता उत्तम तिवारी, स्थानिय उदय प्रसाद कानु, एस.एम. जहाँगस्त, मुकलेश राउत गदी लगायतको विशेष सक्रियता रहेको थियो ।