वीरगंज १८ असार ।
दुई दिन देखी परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिका क्षेत्रको डुबान भएका ठाउ“हरुमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी लगायत वीरगंज महानगरपालिकाको टोलीले विभिन्न ठाउको अवलोकन गरेका छ । वीरगंज महानगरपालिकाको छपकैया, रामगढवा, अलौ, सिर्सिया, रानिघाट, राधेमाई, एकिकृत जाच“ चौकी (आईसिपि),लगायतका ठाउहरुमा महानगर प्रमुख सरावगी सहितको टोलीले अवलोकन गरेको हो । अवलोकनको क्रममा डुबानमा परेका मानिसहरुको उद्धार र राहतका लागी के गर्ने भन्ने सवालमा मेयर सरावगीले फिल्डमै कर्मचारी र स्थानियलाई समेत सुझाव दिनु भएको छ । रानिघाट क्षेत्रमा चालिस पैत्तालिस घर परिवार अलि बढि जोखिममा रहेकोले उनीहरुलाई सुरक्षित ठाउ“मा सारिएको छ। अनुगमनका क्रममा पानीको बहाब रोकिएको ठाउहरुमा पानीको निकासका लागी वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यलय लगायत अन्य जिम्मेवार सरकारी कार्यालयका साधन श्रोत समेतलाई परिचालन गरी जति सक्दो चाडो सर्वसाधारणलाई राहत पु¥याउने काम गर्न महानगरपालिकाका सरसफाई शाखाको कर्मचारीहरुलाई हिजो देखीनै परिचालन गरिएको छ ।

बाहिरबाट पनि जेसिभि, टिपरहरु, सहयोगको रुपमा लिई महानगरपालिका क्षेत्र भित्र सर्वसाधारणलाई बाढीको कारण बढि समस्या भए महानगरपालिकामा अविलम्ब सम्पर्क गर्न अनुगमनमा रहनु भएका महानगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत डा.भिष्मकुमार भुसालले बताउनु भएको छ । र मौषम बिज्ञान बिभागका अनुसार अगामी दुई दिन भारी वर्षा हुने सुचना प्राप्त भएको हुनाले डुबान क्षेत्र, नदि आसपासमा बस्ने नागरिकहरुलाई सर्तक भएर बस्न हुन र सुरक्षित स्थानमा बस्न हुन वीरगंज महानगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत डा. भिष्मकुमार भुसालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय