वीरगंज २३ असार ।
वीरगंजको आर्दशनगरमा रहेको वर्णवाल धर्मशालामा एक दिने युवा नेतृत्व विकाश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुको नेतृत्व विकाश बारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले युवाहरुले सही र साफ नियतले गरेको जुनसुकै कामको नेतृत्व सफल हुने कुरामा जोड दिनु भयो । कार्यक्रमका प्रशिक्षक सुशील भट्टराईले सहि र गलत छुटयाउन सकनेले मात्र सफल नेतृत्वको तर्फ उन्मुख भई समाज लाई संतुलित ढगंले अगाडी बढाउन सक्छ । बिधार्थी र युवा शक्ति ले हरेष खाए सबै गुम छ, विवेक र आत्म विश्वासले नेतृत्वलाई स्थापित गर्द छ ।

कार्यक्रममा २०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने तवरेज अहमद, शिव जी सोनी, विजय सरावगी, सुशिल भट्टराईले प्रशिक्षण दिईएका थिए । निखिल वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजय सरावगी, अतिथि सुशिल भट्टराई, संघिय समाजवादी फोम नेपालका वीरगंज महानगर अध्यक्ष मुकेश दुवेद्धी, समाजसेवी सज्जन अग्रवाल लगायतको उपस्थीती रहेको थियो । वीरगंज महानगरपालिकाको सहयोग र संस्कृती नामक संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय