वीरगंज २४ असार ।
पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एकजनालाई करोडौ रुपैया सहित पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्सा प्रहरीको क्राईम टोलीले वीरगंजको रानिघाटबाट महेश केशरीको घरमा अवैद्य रुपमा वित्तिय कारोबार संचालन भईरहेको गोप्य सुचनाको आधारमा छापामारी गर्दा सोही ठाउ“ बस्ने राहुल केशरीलाई नेपाली एक करोड, पन्ध्र लाख, पाच“ हजार, एक सय, पचास रुपैया सहित पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरीले उनको साथबाट हुन्डी कार्यमा प्रयोग भएको विभिन्न मेसिन सहित एलसिडि टिभि, विभिन्न व्यक्तिहरुको नाम उल्लेख भएको रजिश्टर पनि बरामद गरेको छ । पर्सा प्रहरीले छापामारी गर्दा सो ठाउबाट हुन्डी कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेपनि एक जनालाई मात्र सार्वजनिक गरेको छ । पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले हुन्डी कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको तर अन्य पाच“ जना संलग्न छन की छैनन अनुशन्धान गर्दै छौ । पक्राउ गरिएको राहुल केशरीलाई आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाउने त्यारी भईरहेको पर्सा प्रहरी प्रमुख रेवती ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय