बारा, ३१ असार /

पर्सा प्रहरीले असार १५ गते पक्राउ गरेको १ किलो सुनका मुख्य नाइके रामबाबु सिंह पक्राउ परेका छन् । अनुसन्धानको क्रममा नाम खुलेपछि सुन तस्करीका मुख्य नाइके रामबाबु सिंह पक्राउ परेका हुन । वीरगंजको लिंक रोडमा रहेको दिपक ज्वेलर्सका संचालक रामबाबु सिंह सुन तस्करीको मुख्य नाइके रहेको अभियोगमा पक्राउ परेका हुन । असार १५ गते दिपक ज्वेलर्सबाट मोटरसाइकलमा फिटिङ गरी भारततर्फ १ किलो सुन गइरहेको पर्सा प्रहरीलाई सुचना पाउनसाथ खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो । ना ४८ प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी एक किलो सुन भारततर्फ गइरहेको बिशेष सुचना पाउन साथ पक्राउ गर्न सफल भएको थियो । सुन सहित पक्राउ परेका सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं. १ निवासी संतोष कुमार कलवारलाई पक्राउ गरेको थियो । पर्सा प्रहरीले पक्राउ गरेको १ किलो सुन सहित कलवारलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान मध्यामाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाइएको थियो । अनुसन्धानबाट कलवारको ब्यानको आधारमा सुन तस्करीका मुख्य नाइके रामबाबु सिंहलाई पक्राउ गरिएको जनाइएको छ । सुन तस्करीका मुख्य नाइके रामबाबु सिंह सांसद लालबाबु सिंहको कान्छो भाई रहेको खुलेको छ । बारा जिल्ला क्षेत्र नं. ३ का सांसद लालबाबु सिंहको नाउमा बिगत केही बर्षदेखी सुन तस्करीको कार्य फस्टाएको सूचना पटक पटक आउन थालेपछि पक्राउ गर्न सफल भएको एक प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार फेटा गाउपालिका वडा नं. ७ घर भएका सांसद लालबाबु सिंहको कान्छो भाई रामबाबु सिंह रहेको र सांसदकै आडमा सुन तस्करीको कार्य फस्टाएको बताइएको छ । १ किलो सुन पक्राउ गर्नसाथ नाइके समूहले प्रहरीलाई नै धाकधम्की दिएको प्रहरी श्रोतले जनाएको छ । सुन तस्करी गर्दै आई हालको समयमा धनआर्जन गर्न सफल भएको बताइएको छ । आज भन्दा करीब २० बर्ष अगाडी सुन तस्करका मुख्य नाइके रामबाबु सिंहको घरमा खाने समेत नभएको र हालको समयमा करोडौ करोड रुपैया सुन तस्करीकै माध्यमले आर्जन गर्न सफल भएको स्थानिय श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार आफ्नै गाउँघरमा दबंगै पाराले काम गर्न खोजेपछि पटक पटक लखेटिएका छन् । पक्राउमा परेका मुख्य नाइके सिंह माथि मुद्धा चलाइने र अदालत पेश गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय