बिरगंज २९ फागुन ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीको कुटपिटबाट एक आमा र उनका दुई नाबालक छोराहरू घाइते भएका छन्। पीडित परिवारका अनुसार सिरिसिया शिक्षा अफिस बेस क्याम्पका इन्चार्ज  सशस्त्र प्रहरी निरीक्षकको टोलीले उनीहरूलाई निर्घात कुटपिट गरेको हो।
जिउको गुजारा चलाउन ती परिवारले भारतको सीमावर्ती बजारबाट खुद्रा सामान खरिद गरी नेपालतर्फ ल्याएर वीरगञ्ज बजारमा बेच्ने गर्दै आएका थिए। सोही क्रममा अवैध ओसारपसार गरेको आरोप लगाउँदै सशस्त्र प्रहरीको टोलीले कुटपिट गरेको पीडित पक्षले जनाएको छ।
कुटपिटका कारण एक नाबालक छोराको आँखामा गम्भीर चोट लागेको र उपचारका क्रममा पाँच वटा टाँका लगाउनु परेको उनकी आमाले बताएकी छन्। अन्य दुई जना पनि कुटपिटबाट घाइते भएका छन्।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान आवश्यक रहेको स्थानीय स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय