वीरगञ्ज, पर्सा — जिल्ला प्रशासन कार्यालय पर्सा ले गण्डक–मितेरी पुल सडक क्षेत्रमा भएका अतिक्रमण हटाउने सम्बन्धी सूचना जारी गरेको छ।
कार्यालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं र सडक डिभिजन हेटौंडा सँगको समन्वयमा सूचना प्रकाशन गरेको हो। सूचनाअनुसार वीरगञ्ज महानगरपालिका को सहकार्यमा त्रिभुवन राजमार्ग अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रमा अतिक्रमण हटाइने जनाइएको छ।
उक्त सडक खण्डमा राष्ट्रिय राजमार्ग मापदण्डअनुसार २५/२५ मिटर सडक सीमा कायम गर्नुपर्ने भएकाले सो क्षेत्रमा रहेका संरचना, पसल तथा अन्य अस्थायी टहरा हटाउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई मिति २०८३ वैशाख ६ गते बिहान ४:३० बजेसम्म आफैं संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ। अन्यथा प्रशासनले कानुनअनुसार कारबाही गर्दै अतिक्रमण हटाउने चेतावनी दिएको छ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय